मलेसिया श्रमिक ठगी प्रकरणमा पक्राउ परेका तत्कालीन मुख्यसचिव एकनारायण अर्यालको घरमा प्रहरीले छापा मारेर ल्यापटप बरामद गरेको छ।
प्रहरीले अर्यालको घरबाट बरामद गरेको दुई वटा ल्यापटप अनुसन्धानका लागि नियन्त्रणमा लिएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का एसएसपी अनुपम शमशेर जबराले जानकारी दिए।
उनीमाथि थप अनुसन्धान गर्न प्रहरीले आज काठमाडौं जिल्ला अदालतमा म्याद थपका लागि पेस गर्ने तयारी गरेको छ।
प्रहरी प्रवक्ता एसएसपी अनुपम शमशेर जबराका अनुसार अर्याललाई मंसिर १० गते मोरङको विराटनगरस्थित नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको थियो।
पक्राउपछि प्रहरीले उनको घरमा छापा मारेर ल्यापटप लगायतका सामग्री बरामद गरेको हो।









प्रतिक्रिया लेख्नुहोस्