२०८३ अशोज १५, बिहिबार

अमेरिकाविरुद्धको खेलमा नेपालका ‌ कुशल भुर्तेलले अर्धशतक प्रहार गरेर आउट

आइसिसी विश्वकप लिग-२ अन्तर्गत अमेरिकाविरुद्धको खेलमा नेपालका ‌ओपनिङ ब्याट्सम्यान कुशल भुर्तेलले अर्धशतक प्रहार गरेर आउट भएका छन्। ओमानमा जारी खेलमा कुशलले ६७ बलमा अर्धशतक पूरा गर्ने क्रममा २ चौका र १ छक्का प्रहार गरेका थिए।उनी ८४ रन बनाएर खेलिरहदा अमेरिकाका निषर्ग पटेलको एलबिडब्लूको धरापमा परे। उनले ९३ बलमा समान ३ चौका र ३ छक्का प्रहार गरे।

नेपाल अहिले अमेरिकाले दिएको २३१ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरिरहेको छ। नेपालले पहिलो विकेटको रुपमा ओपनर आसिफ शेखलाई २३ रनमा गुमाएको छ। यस्तै कप्तान ज्ञानेन्द्र मल्ल १७ रन बनाएर आउट भएका छन्। यस्तै कुशल मल्ल पनि १ रनमा आउट भए। अहिले विनोद भण्डारी र रोहितकुमार पौडेल ब्याटिङ गरिरहेका छन्। नेपालले ३४ ओभरमा ४ विकेटको क्षतिमा १४५ रन जोडेको छ।

त्यसअघि ओमानको अल अमिरत क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ ‍गरेको अमेरिकाले ९ विकेटको क्षतिमा २३० रन जोड्यो।

प्रतिक्रिया लेख्नुहोस्