आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिका सम्मिलित एकदिवसीय अन्तर्राष्ट्रिय त्रिकोणात्मक सिरिजमा सहभागी भएर नेपाली टोली मंगलबार बिहान स्वदेश आइपुगेको छ । नेपाली टोलीलाई क्यानका पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् ।
ओमानको अल अमिरात क्रिकेट मैदानमा भएको सिरिजका ४ खेलमा नेपालले समान दुई–दुई जित र हारको नतिजा निकाल्यो ।
सिरिजको पहिलो खेलमा अमेरिकालाई ५ विकेटले हराएको नेपाल दोस्रो खेलमा ओमानसँग ५ तथा तेस्रो खेलमा नेपाल अमेरिकासँग ६ विकेटको पराजित भएको थियो ।







प्रतिक्रिया लेख्नुहोस्