नेपाल क्रिकेट संघ (क्यान)लाई चार खेलाडीले दोस्रोपटक स्पष्टीकरण बुझाएका छन् । क्यानका कार्यवाहक सचिवले चार खेलाडीले बिहीबार दोस्रोपटक स्पष्टीकरण बुझाएको जानकारी दिएका छन् ।
खेलाडी संघविरुद्ध वक्तव्यबाजी गरेको भन्दै क्यानले कप्तान ज्ञानेन्द्र मल्लसहित उपकप्तान दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीलाई स्पष्टीकरण सोधेको थियो । खेलाडीले पहिलोपटक बुझाएको स्पष्टीकरणमा क्यानलाई दोषी देखाएकाले पुनः सोधिएको सचिवको भनाई छ ।
दोस्रोपटकको स्पष्टीकरणको जवाफ चित्त नबुझे आन्तरिक छलफलपछि आईसीसीसँग समन्वय गर्दै क्यानको अधिकार प्रयोग गर्ने उनले जानकारी दिएका छन् ।







प्रतिक्रिया लेख्नुहोस्