२०८३ बैशाख १८, शुक्रबार

लेवान्डोस्कीले दोस्रो पटक जिते २०२१ को उत्कृष्ट फिफा पुरुष वर्ष खेलाडीको अवार्ड

पोल्यान्डका स्ट्राइकर रोवर्ट लेवान्डोस्कीले २०२१ को उत्कृष्ट फिफा पुरुष वर्ष खेलाडीको अवार्ड दोस्रो पटक जितेका छन् । वायर्न म्युनिकका स्ट्राइकर समेत रहेका उनले लगातार यस वर्ष पनि फिफा वर्ष खेलाडीको अवार्ड हात पारेका हुन् । ३३ वर्षीय लेवान्डोस्कीले गत वर्ष ६९ गोल गरेका थिए । उनले बुन्डेसलिगा अन्तर्गत एकै सिजनको लिगमा ३४ खेलमा ४३ गोल गरेका थिए ।

लेवान्डोस्कीले यो अवार्ड जित्न लिभरपुलका मोहमद सालाह र पेरिस सेन्ट जर्मेनका लियोनल मेस्सीलाई पछि पारे ।अवार्ड जितेपछि खुसी व्यक्त गर्दै गर्वको महसुस भएको बताएका छन् । उनले भनेका छन्, ‘म यो यो सम्मान पाउँदा गर्वको महसुस गरेको छु । यसको श्रेय मेरो टोलीका साथीहरू र प्रशिक्षकहरुमा जान्छ ।’ म्यान्चेस्टर युनाइटेडका क्रिस्टीयानो रोनाल्डोलाई पुरुषतर्फ अहिलेसम्मकै सर्वाधिक गोलकर्ताको रुपमा सम्मान गरिएको हो ।

सेभिल्लाका इरिक लामेलाले फिफा पुस्कास अवार्ड प्राप्त गर्दा चेल्सीका इडोआर्ड मेन्डीले उत्कृष्ट गोलरक्षकको अवार्ड हात पारे । डेनमार्डको पुरुष राष्ट्रिय फुटबल टोलीले फिफा फेयर प्ले अवार्ड जित्यो । महिलातर्फ बार्सिलोनाकी अलेक्सिया पुटेलासले उत्कृष्ट फिफा महिला वर्ष खेलाडीको अवार्ड हात पारिन् ।

 

प्रतिक्रिया लेख्नुहोस्