२०८३ बैशाख १८, शुक्रबार

शहीद स्मारक सी डिभिजन : आरसी ३२ को तेस्रो जित

शहीद स्मारक सी डिभिजन लिगमा आरसी ३२ ले लगातार तेस्रो जित निकालेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज बिहान भएको खेलमा आरसीले स्वयम्भु क्लबलाई ३–२ गोल अन्तरले पराजित गरेको हो । आरसीका लागि स्मार्ट लिम्बु, विवेक सन्तोषी र रोहन कार्कीले १–१ गोल गरे ।

स्वयम्भुका लागि भने पासाङ लामा र साहिल अधिकारी १–१ गोल फर्काए । आरसी ३२ का रोहन कार्की म्यान अफ द म्याच घोषित भए ।

प्रतिक्रिया लेख्नुहोस्