फिफा निलम्बन फुकुवा नभएपछि नेपालले बंगलादेशमा हुने साफ च्याम्पियनसिप गुमाएको छ । बिहीबार दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले प्रतियोगिताको अन्तिम खेल तालिका सार्वजनिक गरेको थियो । सोही तालिकामा नेपाल समावेश नभएको हो ।
यसअघि महासंघले सेप्टेम्बर १५ मा प्रतियोगिताको खेल तालिका सार्वजनिक गर्दा निलम्बन फुकुवा भए नेपाललाई समावेश गर्दे तालिका परिमार्जन गर्ने जनाएको थियो । गत अगष्ट १ मा महासंघले समूह तालिका सार्वजनिक गर्दा उक्त कुरा जनाएको थियो । महासंघले प्रतियोगिता खेल्न फिफा निलम्बन सेप्टेम्बर ३१ सम्म फुकुवा भइसक्ने बताएको थियो ।
नेपालले पहिलो पटक साफ च्याम्पियनसिप गुमाएको हो । नेपालले सन् १९९३ देखि सुरु भएको यो प्रतियोगिताको अघिल्ला सबै संस्करण खेलेको थियो । जसमा नेपाल एक पटक उपविजेता बनेको छ ।
महासंघका अनुसार प्रतियोगिता आगामी नोभेम्बर ५ मा हुनेछ । प्रतियोगिताको समूह चरण नोभेम्बर ११ सम्म हुनेछ । त्यसैगरी, प्रतियोगिताको सेमिफाइनल र फाइनल क्रमशः नोभेम्बर १४ र १७ मा हुनेछ ।







प्रतिक्रिया लेख्नुहोस्