२०८३ बैशाख १२, शनिबार

यू-१९ महिला टी-ट्वान्टी विश्वकप छनोटमा नेपालको विजयी सुरुआत

नेपालले आईसीसी यू-१९ महिला टी-ट्वान्टी विश्वकप एसिया छनोटमा विजयी सुरूआत गरेको छ । मलेसियामा जारी एसिया छनोट अन्तर्गत आफ्नो पहिलो खेलमा शुक्रबार कतारलाई ७९ रनले हराउँदै नेपालले विजयी सुरूआत गरेको हो।नेपालले दिएको १ सय १८ रनको लक्ष्य पछ्याएको कतार १५।४ ओभरमा अलआउट हुँदै ३८ रनमा समेटियो।

कतारका लागि कप्तान साची ढड्वाल र श्रुतिबेन कमलेशभाइ रानाले १४-१४ रन जोड्नुबाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।कतारलाई सस्तैमा समेट्न नेपालकी सृष्टि जैशीले ३ विकेट लिईन्। यस्तै अनु कडायत, कृतिका मरासिनी र स्नेहा महराले समान २-२ विकेट लिए।

त्यसअघि यूकेएम ओभल मैदानमा पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय १७ रन बनाएको थियो। नेपालका लागि आश्मा पुलामी मगरले अविजित रहदै ३२ रन बनाईन्। यस्तै सृष्टि जैशीले अविजित २३ रन जोडिन्।

त्यसअघि सानु राजवंशीले २१, अन्जली विश्वकर्माले ११ र किरण कुमारी कुँवरले १ रन जोडेर आउट भए। कतारका लागि साची ढड्वाल र अलिना खानले ११ विकेट लिए ।छनोटमा नेपालसहित, आयोजक मलेसिया, युएई, थाइल्याण्ड, भुटान र कतार छन्। शीर्ष टोलीले दक्षिण अफ्रीकामा हुने युवा विश्वकप खेल्न पाउनेछ।

प्रतियोगिता अन्तर्गत नेपालले दोस्रो खेलमा भोलि युएईविरूद्ध खेल्नेछ छ।आजै भएको अर्को खेलमा थाइल्याण्डले मलेसियालाई ८५ रनले हरायो।

प्रतिक्रिया लेख्नुहोस्