२०८३ असार ५, शुक्रबार

सेरेना विम्बल्डनको पहिलो चरणबाटै आउट

२३ पटककी ग्रान्डस्लाम विजेता सेरेना विलियम्स वेलायतमा जारी विम्बल्डनको पहिलो चरणमा पराजित हुँदै प्रतियोगितामा पूर्णविराम लगाएकी छन् ।

हार्मोनी तानसँग निराश पराजित भएसँगै सेरेना दोस्रो चरणमा पुग्न असफल भइन् । तानले सेरेनालाई हराउन तीन घण्टा ११ मिनेट खर्चनु पर्‍यो । तानले ७-५, १-६, ७-६ ९१०-७०० को जित निकालिन् ।

तानले अब ३२औं वरीयताकी सारा सोरिबेस टोर्मोको सामना गर्नेछिन् । साराले क्रिस्टिना म्याकहेलमाथि ६-२,६(१ को जित निकालिन् ।

प्रतिक्रिया लेख्नुहोस्