२०८३ बैशाख १८, शुक्रबार

नवौँ राष्ट्रिय खेलकुद: फुटबलको स्वर्णपदकका लागि आर्मी र एपिएफ भिड्दै

नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष फुटबलको स्वर्ण पदकको टुंगो आज लाग्दैछ।

त्यसका लागि विभागीय टोली त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लब पोखरा रंगशालामा दिउँसो १ बजे भिड्दैछन् । यसअघि मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा गण्डकी प्रदेशलाई १–० ले पराजित आर्मी र दोस्रो सेमिफाइनलमा सुदूरपश्चिम प्रदेशलाई ५–१ गोलले हराउँदै एपिएफ फाइनलमा पुगेको हो ।

जारी प्रतियोगिताको आज समापन गरिँदैछ ।

प्रतिक्रिया लेख्नुहोस्