समाजसेवी एवं गायिका सकुना श्रेष्ठ मलेकुको आधुनिक भजन ‘श्याम सुन्दर खोजी हिडे’ को विमोचन भएको छ । गायिका श्रेष्ठ ‘मलेकु’को शुक्रबार एक कार्यक्रमका बीच आधुनिक भजन ‘श्याम सुन्दर खोजी हिडे’को विमोचन भएको हो ।
वरिष्ठ गायक तथा संगीतकार आनन्द कार्कीको प्रमुख आतिथ्यमा सुरु भएको गीत विमोचन कार्यक्रममा संगीतकार सन्तोष श्रेष्ठ, विपिन घिमिरे, माता सपना देवि श्रेष्ठ लगायतको उपस्थिति थियो ।
भिडियो विमोचन कार्यक्रममा बोल्दै संगीत साधनामा निरन्तर अग्रसर श्रेष्ठले भजन गीत गाउँदा अझ मानिसलाई सत्य मार्गमा हिंड्न् प्रेरित गर्ने बताईन । घरमा पनि साधना गर्दा छोराछोरीले अझ थप हौसला दिदा आफुले भजन गीत गाएको उनले थपिन ।भजन गीतमा त्यस्तो एउटा शक्ती मिल्छ जस्ले भगवानप्रतीको आस्था, सकारात्मक सोच तथा सत्यपथमा लम्कन अझै हौसला प्रदान गर्ने गरेको उनको बुझाई छ ।
शुक्रबार एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको भजन गीतमा बिपिन घिमिरेको संगीत र सुरेश घिमिरेको शब्द रचना रहेको छ । वसन्त सापकोटाले निर्देशन गरेको उक्त भजनलाई दिनेश पराजुलीले खिचेका हुन त्यस्तै खेमनाथ खनालको सह निर्देशन तथा उत्तर राना मगरको भिडियो सम्पादन रहेको छ । कार्यक्रममा भिडियोमा सहयोग पुर्याउने सबैलाई मायाको चिनो प्रदान गरिएको थियो ।







प्रतिक्रिया लेख्नुहोस्