२०८१ बैशाख ११, मङ्लबार

हाइटीमा शक्तिशाली भूकम्प : ३ सय ४ जनाको मृत्यु, १८ सयभन्दा धेरै घाइते

हाइटीमा शनिबार गएको ७ दशमलव २ म्याग्नेट्युडको भूकम्पका कारण कम्तिमा ३ सय ४ जना व्यक्तिको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीका अनुसार यस घटनामा १८ सयभन्दा धेरैजना घाइते छन् ।

शनिबार बिहान आएको भूकम्पले देशको पश्चिमी क्षेत्रमा धेरै क्षति पु¥याएको थियो । यहाँ भवन, होटल, चर्चलगायत भग्नावशेषमा परिणत भएका छन् । प्रधानमन्त्री एरियल हेन्रीले एक महिना लामो संकट घोषणा गरेका छन् । उनले यस भूकम्पका कारण ठूलो क्षति भएको बताए ।

अमेरिकी जियोलोजिकल सर्भेका अनुसार सेन्ट लुईस डु सुद शहरबाट झन्डै १२ किलोमिटर पर भूकम्पको केन्द्रबिन्दु छ । यसअघि सन् २०१० मा पनि हाइटीमा यस्तै प्रलयकारी भूकम्प गएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्