२०८३ बैशाख १३, आइतवार

लिबियामा यही वर्ष हुने तय भएको संसदीय निर्वाचन फेरि धकेलियो

लिबियामा यही वर्ष हुने तय भएको संसदीय निर्वाचन फेरि धकेलिएको छ । प्रतिनिधिसभा सदस्यहरूको चयनका लागि लिबियामा आगामी सन् २०२२ को जनवरीमा निर्वाचन हुने तय भएको हो ।

यसअघि यही सन् २०२१ को डिसेम्बर २४ तारिखमा निर्वाचन गर्ने तय भएको थियो । ‘राष्ट्रपतीय निर्वाचन भएको ३० दिनपछि संसदीय निर्वाचन हुने भएको छ,’ प्रतिनिधिसभाका प्रवक्ता अब्दुल्लाह ब्लेहिगले भने ।

राष्ट्रपति जनताबाट प्रत्यक्ष निर्वाचित हुने भएकाले र अत्यावश्यक पनि भइसकेकाले राष्ट्रपतीय निर्वाचन भने यसअघि तोकिएकै समयमा गर्न लागिएको उनले जानकारी दिएका छन् । एजेन्सी

प्रतिक्रिया लेख्नुहोस्