२०८३ असार ४, बिहिबार

आगो नियन्त्रणबाहिर गएपछि हलिउडका कलाकार पनि लागे सुरक्षित स्थलतर्फ

अमेरिकाको लस एन्जलसमा फैलिएको आगो नियन्त्रणबाहिर गएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार जंगलबाट फैलिएको आगो बस्तीमा आएपछि यसले भयानक रुप लिएको छ। हलिउडका कतिपय कलाकारहरु पनि घर छाडेर सुरक्षित स्थलतर्फ लागेका छन्।

सरकारले ३० हजार जना मानिसको उद्धार गरेर सुरक्षित ठाउँमा सारेको छ भने सयौं घर जलिसकेका छन्। १३ हजार वटा घर ‍उच्च जोखिममा छन्। आगलागीले मानवबस्तीका थुप्रै घर, सम्पत्ति, कारलगायतका संरचना खरानी बनाएको छ। जंगलबाट ५० किलोमिटर भित्रको बस्तीसम्म आगो पुगेको सञ्चारमाध्यमहरुले जानकारी दिएका छन्।

क्यालिफोर्नियाका गभर्नर गेभिन न्युजमले आपतकाल घोषणा गरेका छन्। एन्जलसका गभर्नर गेभिन न्यूजमले आपत्काल घोषणा गर्नुभएको छ। बस्ती छाड्ने हतारमा रहेका मानिसका कारण राजमार्गमा ट्राफिक जाम भएको छ भने आगलागीका कारण दुई लाख २० हजार मानिसको घरमा बिजुली कटौती भएको छ। सुक्खा वातावरण र तीव्र गतिमा हावा चलेका कारण आगो निभाउने काम कठिन बन्दै गएको अग्नि नियन्त्रकले बताएका छन्।

प्रतिक्रिया लेख्नुहोस्