२०८१ फाल्गुन ३०, शुक्रबार

अमेरिकामा आगलागी हुँदा १६ जनाको मृत्यु, १२ हजार घर ध्वस्त

लस एन्जलस-अमेरिकामा भएको भिषण आगलागीमा मृत्यु हुनेको संख्या १६ पुगेको छ। सिएनएनका अनुसार इटन र पालिसेडेसमा भएको आगलागीबाट मृत्यु हुनेको संख्या १६ पुगेको हो।

लस एन्जलस काउन्टी मेडिकल परीक्षकका अनुसार यसरी मृत्यु भएका मध्ये पाँच जना पलिसेडेसमा र ११ इटोनमा भएको आगलागीमा परी मृत्यु भएको देखिन्छ। अमेरिकामा अहिलेसम्म ४५ हजार एकडमा आगलागी भइसकेको छ भने ३० हजार एकड पुर्ण रूपमा ध्वस्त भएको छ । साथै, सो आगलागीमा परी करिब १२ हजार घरमा क्षति पुगेको छ।

जसअनुसार हलिउडका ठुला सेलेब्रेटीका पनि अर्बौ मुल्यका घरहरू ध्वस्त भएका खबर प्राप्त भइरहेका छन् ।

 

 

प्रतिक्रिया लेख्नुहोस्