२०८१ फाल्गुन ३०, शुक्रबार

स्टील र आल्मुनियममा २५ प्रतिशत आयातकर लगाउने ट्रम्पको घोषणा

राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका प्रवेश गर्ने सबैखाले स्टील र आल्मुनियममा २५ प्रतिशत आयातकर लगाउने घोषणा गरेका छन्। ट्रम्पले यो घोषणा विना कुनै अपवाद सबै देशलाई लागू हुने बताएका छन्।

यद्यपि, अस्ट्रेलियाको हकमा भने अपवादको रुपमा पुर्नविचार हुनसक्ने जनाउ ट्रम्पले दिएका छन्। उनले भनेका छन्, ‘यो योजना जुन देशले अमेरिकालाई आयातमा कर लगाएका छन् ति देशका लागि मुख्य लक्षित छ।’

अर्को प्रसंगमा ट्रम्पले शनिबार राती १२ बजेसम्म हमासले गाजाबाट सबै बन्धक रिहा गर्नु पर्ने र त्यसो नभए विध्वंश मच्चिनसक्ने चेतावनीपूर्ण सुझाव दिएका छन् । उनले आफ्नो आशयबारे विस्तारित रुपमा नबताए पनि हमास आफैंले पत्ता लगाउने अभिव्यक्ति दिएका छन्।

प्रतिक्रिया लेख्नुहोस्