२०८३ बैशाख १३, आइतवार

पछिल्लो २४ घण्टामा देशभर १७ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि, २३ को मृत्यु

पछिल्लो २४ घण्टामा देशभर १ हजार ७ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभरका विभिन्न प्रयोगशालमा ९ हजार ७ सय ७३ नमुनाको पीसीआर परीक्षण गर्दा १ हजार ३ सय ५७ र ४ हजार ५ सय ६१ एन्टिजेन परीक्षण गर्दा ३९९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणबाट थप २३ जनाको मृत्यु भएको छ भने २ हजार २ सय ७४ जना निको भएका छन् । नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ५१ हजार ९ सय ६४ पुगेको छ ।

प्रतिक्रिया लेख्नुहोस्