२०८३ बैशाख ३१, बिहिबार

संखुवासभामा एकै परिवारका ६ जनाको हत्या

संखुवासभामा एकै परिवारका ६ जनाको हत्या भएको छ ।

जिल्लाको मादी नगरपालिका १ स्थित उम्लिङ भन्ने स्थानका ६ जना मृत फेला परेको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षकले जानकारी दिएका छन् । घटना धारिलो हतियार प्रयोग गरेर घटाइएको सूचना आएको भन्दै उनले घटनास्थलतर्फ प्रहरी जाँदै गरेको जानकारी दिएका छन् ।

उनले घटनास्थल चैनपुरबाट ३ घण्टाको दूरीमा रहेको र थप विवरण आउन बाँकी रहेको उनले बताएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्