२०८३ जेष्ठ ४, सोमवार

एमसीसी उपाध्यक्ष सुमार पूर्वप्रधानमन्त्री ओलीसँग दिउँसो दुई बजे भेट्ने

चार दिने नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेकी अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) उपाध्यक्ष फातेमा जे सुमारले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्दै छिन् ।

बिहीबार बिहान काठमाडौं आइपुगेकी फातेमाले ओलीलाई दिउँसो २ बजे भेट गर्न लागेकी हुन् ।भेटवार्ता भने ओली निवास बालकोटमा हुने ओलीको सचिवालयले जानकारी दिएको छ ।

ओलीसँगको भेटपछि फातेमाले भोलि शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने कार्यक्रम छ ।

 

प्रतिक्रिया लेख्नुहोस्