२०८३ असार २०, शनिबार

पहिरोका कारण अवरुद्ध मुग्लिन–नौबिसे सडक सञ्चालनमा

पहिरोका कारण अवरुद्ध मुग्लिन–नौबिसे सडक सञ्चालनमा आएको छ ।

गए राति २ बजेदेखि अवरुद्ध सडक पहिरो हटाएसँगै अहिले दुइतर्फी सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकै सडकमाथिबाट पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको थियो ।

सडक सञ्चालन भएसँगै सवारी साधन गन्तव्यतर्फ लागेका छन् । रासस

 

प्रतिक्रिया लेख्नुहोस्