२०८३ असार १०, बुधबार

अवैध लागूऔषधसहित एक जना पक्राउ

अवैध लागूऔषधसहित एक जना पक्राउ परेका छन् । वेलबारी नगरपालिका(११ बस्ने ४८ वर्षीय श्याम कुमार चौधरीलाई १ केजी १ सय ९० ग्राम अवैध लागूऔषध गाँजा, ८० पिस स्पासपेन र ७० पिस पिग्रासप सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

श्याम कुमारले लागूऔषध गाँजा बेचबिखन गर्नेगरेको भन्ने सूचनाको आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर र ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा उक्त परिमाणको लागूऔषध सहित उनलाई पक्राउ गरेको प्रहरलिे जानकारी दिएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया लेख्नुहोस्