२०८३ बैशाख १५, मङ्लबार

तालिबानद्धारा अफगानिस्तानको महिला मन्त्रालय बन्द

तालिबानले अफगानिस्तानको महिला मन्त्रालय बन्द गरेको छ । तालिबानले उक्त मन्त्रालय बन्द गरेर सको ठाउँमा नैतिकतासम्बन्धी (सद्गुण र दुर्गुण) मन्त्रालय स्थापना गरेको हो । महिला मन्त्रालय खारेज गरेर स्थापित नैतिकतासम्बन्धी मन्त्रालयले सन् १९९६ देखि २००१ सम्मको तालिबान शासनका बेला कडा धार्मिक नियम लागू गरेको थियो ।

सो मन्त्रालयले त्यसबेला महिलामाथि कडा प्रतिबन्ध लागू गरेको थियो। शुक्रबार तालिबानले महिला मन्त्रालय खारेज गरेर सद्गुण र दुर्गण निर्धारण गर्ने मन्त्रालय स्थापना गरेको हो। सामाजिक सञ्जालमा पोस्ट गरिएको भिडियोमा महिला कर्मचारीहरु कार्यालय बाहिर रहेको र उनीहरुले तालिबानसँग आफूहरुलाई काममा फर्कन दिन आग्रह गरिरहेको देखिन्छ।

पछिल्लो २० वर्ष अफगान महिलाहरुले निरन्तर कडा संघर्ष गरेर पाएका आधारभूत अधिकारहरु अहिले फेरि गुम्ने खतरा भएको छ। अगस्ट १५ मा अफगानिस्तानमाथि कब्जा गरेको तालिबान अहिले सत्तामा छ। एजेन्सी

प्रतिक्रिया लेख्नुहोस्