प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान कार्यान्वयनका लागि सरकारले इमान्दारीपूर्वक काम गर्ने प्रतिबद्धता जनाएका छन् । उनले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यम संघीय, दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने संविधानको मूल उद्देश्य हो । यस विषयमा निरन्तर इमान्दारी पूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।’
सातौं सविधान दिवस समारोहमा आइतबार टुँडिखेलमा भएको विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले संघीयता कार्यान्वयनलाई समिक्षा गर्दै नागरिकका नजिकका सरकार प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गर्न बाँकी अधिकार हस्तान्तरण गर्ने बताएका छन् । साधनस्रोत र जनशक्तिको समूचित बाँडफाँड गरिने उनले बताएका छन् ।
संविधानको सफल कार्यान्वयनका लागि आवश्यक कानुन बनाइने उनले बताएका छन् । देउवाले राजनीतिक प्रणालीलाई थप मजबुत बनाउँदै मुलुकको समुन्नतितर्फ आगामी यात्रा तय गर्न आवश्यक रहेको बताएका छन् ।







प्रतिक्रिया लेख्नुहोस्