पछिल्लो २४ घण्टामा देशभर ७ सय ३४ जना कोरोना संक्रमित थपिएका छन् । १० हजार १३ वटा स्वाब नमुनाको परीक्षण गर्दा ७ सय ३४ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोनाका कारण १२ जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ४० पुगेको छ ।
पछिल्लो २४ घण्टामा एक हजार ४ सय १३ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार जानकारी दिएको छ ।







प्रतिक्रिया लेख्नुहोस्