२०८३ बैशाख १९, शनिबार

पहिरोले घर पुरिँदा एकै परिवारका तीन जना दिदी बहिनीको मृत्यु

पहिरोले घर पुरिँदा एकै परिवारका तीन जना दिदी बहिनीको मृत्यु भएको छ । गुल्मीमा गए राति अविरल वर्षासँगै आएको पहिरोले घर पुरिँदा एकै परिवारका तीन जना दिदी बहिनीको मृत्यु भएको हो ।

जिल्लाको रेसुङ्गा नगरपालिका–८ थुम्का टोलका तिलक परियारकी जेठी छोरी २१ वर्षीया भावना परियार, उनका १४ वर्षीया जुम्ल्याहा दुई बहिनी गङ्गा र जमुना सहित तीन बहिनीको ज्यान गएको जानकारी दिइएको छ । अर्की माइलीलाई छोरीलाई भने सुतिरहेको कोठाबाट बचाउन सफल भएको छिमेकीले बताएका छन् । गङ्गा जमुना दुई बहिनीहरू महेन्द्र नमुना मावि कक्षा ८ मा पढ्ने विद्यार्थी भएको त्यस विद्यालयका एक जना शिक्षकले जानकारी दिएका छन् ।

जेठी छोरी विवाहित हुन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपीले गए राति नेपाली सेना र प्रहरीको संयुक्त टोलीले शव निकालेर परिवार र छिमेकीहरूलाई त्यहाँबाट सुरक्षित स्थानमा सारेको बताएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्