२०८३ जेष्ठ ३, आइतवार

बिहीबार देशभर १२ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि, १३ को मृत्यु

बिहीबार देशभर १ हजार २ सय ३९ जना कोरोनाभाइरस संक्रमितहरु थपिएका छन् । १५ हजार २ सय ४३ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ९ सय ४१ र एन्टिजेन विधिबाट २ सय ९८ जनामा संक्रमण थपिएका हुन् ।

हाल देशभर २० हजार ७ सय ४३ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये १९ हजार ४ सय ३७ जना होम आइसोलेसन, १ हजार ३ सय ६ जना संस्थागत आइसोलेसनमा, ३ सय ४० जना आईसीयूमा र १ सय ११ जना भेन्टिलेटरमा रहेका छन् । यही अवधिमा १ हजार ३ सय २४ जना संक्रमणमुक्त भएका छन् ।

हालसम्म कूल संक्रमितमध्ये ७ लाख ५६ हजार ९ सय ५४ जना निको भइसकेका छन् । नेपालमा निको हुने दर ९६ प्रतिशत पुगेको छ ।कोरोना संक्रमणबाट थप १३ जनाले ज्यान गुमाएका छन् । हालसम्म ११ हजार ७२ जनाले ज्यान गुमाइसकेका छन् । नेपालमा मृत्यु दर १.४ प्रतिशत रहेको छ ।

प्रतिक्रिया लेख्नुहोस्