पछिल्लो २४ घण्टामा देशभर एक हजार ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १० हजार ८ सय ७४ वटा नमुनाको परीक्षण गर्दा १ हजार ३० जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार १ सय ७४ पुगेको छ ।
त्यस्तै आज १ हजार जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या १६ हजार ६ सय ६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।







प्रतिक्रिया लेख्नुहोस्