२०८३ असार १९, शुक्रबार

आज उपत्यकाका विभिन्न पाँच ठाउँमा विद्युत कटौती

नेपाल विद्युत प्राधिकरणले आज काठमाडौं उपत्यकाका विभिन्न पाँच ठाउँमा विद्युत कटौती गर्ने भएको छ। नेपाल विद्युत प्राधिकरणले एक सूचना जारी गर्दै कीर्तिपुर, सुकेधारा, नागार्जुन, तारेभिर र मच्छेगाउँमा केहिबेर विद्युत अवरुद्ध हुने जानकारी दिएको हो ।

प्राधिकरणका अनुसार कीर्तिपुर फिडर अन्तर्गत बल्खु, खसीबजार, टि।यु, चोभार, पाँगा, टौदह क्षेत्रमा दिउँसो १ बजेदेखि ५ बजेसम्म विद्युत अवरूद्ध हुने भएको छ।यस्तै सुकेधारा फिडर अन्तर्गत मण्डिखाटार, एकतावस्ती, न्यु कोलोनीलगायतका क्षेत्रमा १२ बजेदेखि ५ बजेसम्म विद्युत अवरोध हुनेछ।

यस्तै नागार्जुन फिडर अन्तर्गत एम.टि.सि., ज्ञानमन्दिर, बोहोराटार, टौडोल, रानीवन प्लानिङ, खरिबोट, जनजागृति, नर्सिङ क्याम्पस, कृष्ण मन्दिर, नर्सरीचोकलगायत क्षेत्रमा ११ बजेदेखि १ बजेसम्म बत्ति जाने भएको छ।यस्तै तारेभिर फिडर अन्तर्गत चपली, रुद्रेश्वर, देउवाचोक, नारायणथान, मुहानपोखरी, गैह्रीगाउँ, चिसिनीलगायत क्षेत्रमा ११ बजेदेखि ४ बजेसम्म बत्ती जाने भएको छ।

यस्तै मच्छेगाउँ फिडर अन्तर्गत खुशीखुशी चोक, मच्छेगाउँ, टौखेल, चम्पादेवी बसपार्क, पुष्पलाल पार्क, दुधपोखरी, ढाल्पा, भत्क्यापाटी, राराहिल तथा नगाउलगायतमा बिहान साढे १० बजेदेखि ५ बजेसम्म बत्ती जाने प्राधिकरणले जानकारी दिएको छ । विद्युत मर्मतको काम गर्नु पर्ने भएकाले केहीबेर विद्युत कटौती हुने प्राधिकरणले जानकारी दिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्