मोरङको बूढीगंगा गाउँपालिका–४ मा रहेको वाग्मती मोलडिङ्ग इन्डस्ट्रिज प्रालिमा कार्यरत एकजना मजदुरको करेन्ट लागेर आइतबारसाँझ मृत्यु भएको छ । उद्योगका मजदुर बूढीगंगा–४ का ४४ वर्षीय कलरुकुमार खवासको करेन्ट लागेर मृत्यु भएको हो ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपीले करेन्ट लागेर गम्भीर घाइते भएका खवासको उपचारका क्रममा विराट शिक्षण अस्पतालमा मृत्यु भएको जानकारी दिएका छन् । उनका अनुसार हातखुट्टा धुनलाई उद्योगमै जडान गरिएको कलको मोटर चलाउने क्रममा खवासलाई करेन्ट लागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
प्रहरीले घटनाबारे थप अनुसन्धान थालिएको जानकारी दिएको छ ।







प्रतिक्रिया लेख्नुहोस्