२०८३ बैशाख १९, शनिबार

बिजौरा पोष्टका बन रक्षक मृत फेला

सुर्खेतको चौकुने गाउँपालिका–४ स्थित बिजौरा पोष्टका बन रक्षक मृत अवस्थामा भेटिएका छन् । वीरेन्द्रनगर नगरपालिका–१२ घर भएका ४५ वर्षीय महानन्द आचार्य मृत अवस्थामा फेला परेको सुर्खेतका एसपीले जानकारी दिएका छन् ।

चौकुने गाउँपालिका–४ स्थित भुडेभाबरमा रहेको कुलु कर्णाली सामुदायिक बनका अध्यक्ष गंगाराम बिसीको घरमा उनी मृत भेटिएका हुन् । शनिवार साँझ बिसीको घरमा बास बस्न गएका आचार्यले मदिरा सेवन गरेका थिए । बिहान मृत अवस्थामा भेटिएपछि बिसीले प्रहरीलाई खबर गरेका थिए ।

मृतकको शव पोष्टमार्टमका लागी अस्पताल पठाइएको र घटनाबारे छानबिन भइरहेको एसपीले बताएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्