‘डन’, ‘दादागिरी’, ‘मिस्टर डन’ लगायत थुप्रै फिल्म निर्देशन गरेका निर्देशक मदन घिमिरे पछिल्लो समय म्युजिक भिडियो निर्देशनमा समेत लगातार देखिन थालेका छन् ।
यस्तैमा घिमिरे निर्देशित नयाँ भिडियो सार्वजनिक गरिएको छ । निर्देशक घिमिरेका शब्द गरेको गीतमा प्रविशा अधिकारी र किरण भुजेलको स्वर छ । गीतको संगीत तथा संगीत संयोजन मनोज मालेको छ ।भिडियोमा अभिनेता शितल के.सी. र पुष्पा लिम्बुले अभिनय देख्न सकिन्छ ।
रामेश्वर हुमागाइँको छायांकन, प्रेम शर्मा पौडेलको सम्पादन रहेको भिडियो ओएसआर डिजिटलले बाहिर ल्याएको हो ।







प्रतिक्रिया लेख्नुहोस्