गायक आशिष सचिन गौतमको नयाँ गीत ‘झ्याइँ-झ्याइँ पञ्चे बाजाले’ सार्वजनिक गरिएको छ । हालै काठमाडौंमा एक कार्यक्रमबीच सार्वजनिक गीतमा आशिषलाई गायिका ऋतिका श्रेष्ठले स्वरमा साथ दिएकी छन् ।
मंसिर महिना अझ त्यसमा पनि विवाहको मौसम शुरु हुँदै गर्दा सार्वजनिक गीतले विवाहको मौसममा थप रौनकता थपेको छ । महेश आचार्यको शब्द रहेको गीतमा एसडी योगीको संगीत छ । गीतको भिडियोमा अभिनेत्री आँचल शर्मा र गायक आशिषको अभिनय देख्न सकिन्छ ।भिडियोको निर्देशक कविराज गहतराजले गरेका छन् ।
सुप्रिम पराजुलीको सम्पादन रहेको भिडियोमा नवराज उप्रेतीको छायांकन छ ।







प्रतिक्रिया लेख्नुहोस्