२०८३ असार ५, शुक्रबार

रुपन्देहीमा कलर हाउसमा आगलागी

रुपन्देहीको देवदह नगरपालिका एक कलर हाउसमा आगलागी भएको छ । देवदह नगरपालिका १ सुर्यपुरास्थित अर्याल सप्लायर्स कलर हाउसमा आज बिहान विहान आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

रुपन्देहीका प्रहरी प्रवक्ताले विद्युत सर्ट भइ आगलागी भएको बताएका छन् । देवदह नगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा १ घण्टामै आगो पूर्ण नियन्त्रणमा आएको उनले बताएका छन् । क्षतिको पुर्ण विवरण आउन बाँकी रहेको छ । सप्लायर्सका संचालक यज्ञ प्रसाद अर्यालले भने ५० लाख बढीको क्षति भएको दावी गरेका छन् ।

प्रहरीले भने अनुसन्धान जारी रहेको बताएको छ ।

प्रतिक्रिया लेख्नुहोस्