२०८३ असार ५, शुक्रबार

बैतडीको पाटन भएको जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु

बैतडीको पाटन नगरपालिका-१ सकारमा हिजो साँझ भएको जिप दु’र्घ’टनामा मृ’त्यु हुनेको संख्या पाँच पुगेको छ ।

पाटन नगरपालिका १ सकारकी ४० बर्षीया जानकी भट्टराईको उपचारका क्रममा पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा मृ’त्यु भएपछि मृतकको संख्या पाँच पुगेको इलाका प्र’हरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षकले जानकारी दिएका छन् । जिल्लाको पाटन बजारबाट पाटन नगरपालिका९ ७ कैलपाल जाँदै गरेको से १ ज ८८८ नम्बरको जिप पाटन नगरपालिका १ सकार खोलामा कच्ची सडकबाट करीब ४ सय मिटर तल खसेर दु’र्घटना भएको हो ।

दुर्घटनामा सुर्नया गाउँपालिका ४ का २४ बर्षीय प्रेम चुनारा र उनकी श्रीमति २० बर्षीया मनिषा विक, पाटन नगरपालिका १ सकारका १३ बर्षीय विनोद भट्टराई र सोही ठाउँकी ७२ बर्षीया रमा भट्टराईको घ’टना’स्थलमै मृत्यु भएको हो । मनिषा र प्रेमले १० दिन अघि मात्रै विवाह गरेर पाटन नगरपालिका९ ७ स्थित ससुराली गइरहेका थिए ।

दु’र्घटनामा परेर घाइते भएका ५ जनामध्ये दुईजनालाई डडेल्धुरा रेफर गरिएको प्रहरी निरीक्षकले बताएका छन् । सकारकै विष्णु भट्टराई, दीपक भट्टराई र गोविन्द विकको प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा उपचार भईरहेको छ । जिप चालक बैतडीको पाटन नगरपालिका ५ अड्तोलाका खेमराज पाण्डे भने फ’रार रहेका छन् । कच्ची बाटोमा जिप चिप्लिएर दु’र्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्