कास्कीको पोखरा महानगरपालिका–२६ विजयपुरमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
लेखनाथबाट पोखरातर्फ आउँदै गरेको लु २ ख २९४८ नम्बरको ट्रक आफैं अनियन्त्रित भई आज बिहान साढे ४ बजे नालीमा पल्टिदा दुई जना पुरुषको मृत्यु भएको कास्की प्रहरीले जानकारी दिएको छ।
मृत्यु हुनेमा लमजुङको पार्चे बस्ने ४२ वर्षे भिम बहादुर तामाङ र नाम–ठेगाना नखुलेका अन्दाजी ४५ वर्षका अर्का एक पुरुषको रहेका छन्।







प्रतिक्रिया लेख्नुहोस्