२०८३ बैशाख २, बुधबार

‘गुराँसको पछ्यौरी’ सार्वजनिक

गायिका रुशाली भट्टराईको स्वरमा रहेको गीत ‘गुराँसको पछ्यौरी’को भिडियो सार्वजनिक गरिएको छ । लोक शैलीको गीतमा राजेन्द्र थापा र राजनराज शिवाकोटीको शब्द तथा राजनराज शिवाकोटीको संगीत रहेको छ ।

राजन इशानले संगीत संयोजन गरेको गीतले नेपालीपन प्रस्तुत गर्न खोजेको छ । निशान घिमिरे निर्देशित भिडियोमा गरिमा शर्मा फिचर्ड छिन् ।सन्तोषराज बाहकको कोरियोग्राफी रहेको भिडियोमा निशानकै सम्पादन छ ।

भिडियो साइरस प्रोडक्सनको अफिसियल च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

 

 

प्रतिक्रिया लेख्नुहोस्