राजिव थापाको ‘कर्फ्यु लगाइदे सरकार’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।
थापाकै शब्द, पुस्तक प्रसादको संगीत र उदयराज पौडेलको एरेन्ज रहेको गीतमा दिनेश गौतमको स्वर रहेको छ ।भिडियोमा अभिनेत्री वर्षा सिवाकोटी र मोडल सुधिर श्रेष्ठको अभिनय देख्न सकिन्छ ।
युवा पुस्ताको सेन्टिमेन्ट ध्यानमा राखेर निर्माण गरिएको गीत तथा भिडियोले दर्शकको मन जित्ने अपेक्षा गीतकार थापाले गरेका छन् । भिडियो इनाक्षी इन्टरटेन्मेन्टको युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो ।







प्रतिक्रिया लेख्नुहोस्