२०८३ बैशाख २, बुधबार

‘गोठालो जान्छौ कि’ मा पुष्प, गरिमा र सुमी

गायिका बेदु सारु मगरको स्वरमा ‘गोठालो जान्छौ कि’ बोलको गीत सार्वजनिक भएको छ ।

उनलाई गायनमा गायिका अन्जु पन्त र मेलिना राइले साथ दिएका छन् । सरु मगर स्वयमकै संगीत रहेको गीतमा दिनेश सुवेदीको शब्द छ । सार्वजनिक गीतको भिडियोमा पुष्प खड्का, गरिमा शर्मा, सुमी मानन्धरको अभिनय देख्न सकिन्छ ।

पवन सुस्लिङको छायांकन र सम्पादन रहेको गीतको भिडियोमा निर्देशन र कोरियोग्राफी मौसम हिमालीको छ ।

 

प्रतिक्रिया लेख्नुहोस्