२०८३ बैशाख १८, शुक्रबार

थप ३ सय ५० जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप ३ सय ५० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सात हजार ९६ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १९८ तथा एन्टिजेन विधिबाट १५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।यस अवधिमा १ हजार २७२ जना निको भएका छन् । नेपाल कुल सङ्क्रमित मध्ये ९ लाख ५० हजार ५६ जना सङ्क्रमणमुक्त भएका छन् । निको हुने दर ९७.४ प्रतिशत रहेको छ ।

नेपालमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या १३ हजार ३५७ रहेको छ । पछिल्लो २४ घण्टामा थप ४ जनाको मृत्यु भएको छ । अहिलेसम्म ११ हजार ९१७ जनाले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्