सिसडोल तथा बञ्चरेडाँडास्थित ल्यान्डफिल साइटबाट प्रभावित धादिङ र नुवाकोटका बासिन्दा आन्दोलनमा उत्रिएका छन् । काठमाडौंबाट फोहोर बोकेर गएका गाडीलाई रोकेर उनीहरूले विरोध गरेका हुन् ।
सरकारी पक्षले गरेका प्रतिबद्धता कार्यान्वयन नगरी फोहरमैला थुपार्न लागेकाले आन्दोलनमा उत्रिनुपरेको उनीहरूले बताएका छन् । ल्यान्डफिल साइटको दुर्गन्धले पीडित धादिङको धुनीबेंसी नगरपालिका वडा नं १, २, ३ र नुवाकोटको ककनी गाउँपालिकाका वडा नं १, २, ३ का बासिन्दाले आन्दोलन थालेका हुन् ।
आफ्ना माग पूरा गर्न सोमबारसम्म अल्टिमेटम दिइएका सुनुवाइ नभएपछि स्थानीयले फोहोर फाल्न नदिएका हुन् । स्थानीयले बञ्चरेडाँडावरिपरि कम्तीमा तीन हजार मिटर क्षेत्रफल अधिग्रहण हुनुपर्ने र प्रभावित परिवारलाई उचित मुआब्जा दिनुपर्ने माग गरिरहेका छन् ।







प्रतिक्रिया लेख्नुहोस्