२०८३ असार ५, शुक्रबार

पछिल्लो २४ घण्टामा देशभर थप ४४ जनामा कोरोना संक्रमण

नेपालमा पछिल्लो २४ घण्टामा थप ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जन संख्या मन्त्रालयका अनुसार ४ हजार ४९५ पीसीआर परीक्षणमा ३५ जना र २ हजार ९९ एन्टीजेन परीक्षणमा ९ जना गरी ४४ जनामा संक्रमण पुष्टि भएको हो ।पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको छ भने ४८१ जना कोरोना संक्रमणमुक्त भएका छन्।

हाल देशभर २ हजार ६८८ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्