२०८३ बैशाख १७, बिहिबार

लहरी र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

रुपन्देहीको सियारी गाउँपालिका–२ कुट्टामा बुधबार बेलुकी मोटरसाइकल र लहरी ठोक्किँदा २ जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा मोटरसाइकल चालक स्थानीय २५ वर्षीय राम निवास बेलदार र पछाडि सवार ५० वर्षीय रामायण पासी रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको उपचारका क्रममा भैरहवा स्थित भीम अस्पतालमा मृत्यु भएको हो । बेथरी–बेलबास सडकखण्डमा लु ७४ प ४४७९ नम्बरको मोटरसाइकल भारतीय नम्बरको लहरीमा हिजो बेलुकी सवा ८ बज ठोक्किएको थियो ।

लहरी चालक फरार भएकोले खोजी भइरहेको इलाका प्रहरी कार्यालय बेथरीले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्