२०८३ बैशाख १८, शुक्रबार

स्वास्थ्य सेवा कार्यालयका प्रमुख जैसीलाई मोसो दल्ने नेकपाका कार्यकर्ता पक्राउ

स्वास्थ्य सेवा कार्यालय जाजरकोटका प्रमुख टिकाराम जैसीलाई ३० फागुनमा कार्यकक्षमै मोसो र जुत्ताको माला लगाउने विप्लव नेतृत्वको नेकपाका कार्यक्रता पक्राउ परेका छन् ।

शनिवार बिहान प्रहरीले उनीहरूलाई पक्राउ गरेको जाजरकोटका डीएसपी सन्तोष निरौलाले जानकारी दिए । उनका अनुसार भेरी–१ पिपे घर भएका युवा संगठनको अध्यक्ष ३१ बर्षीय डिलबहादुर राना, कुसे गाउँपालिका घर भइ युवा सङ्गठनका इन्चार्ज २६ वर्षीय गोविन्द चन्द र भेरी नगरपालिका–७ घर भइ अखिल क्रान्तिकारीका संयोजक दिपेन्द्र सिंह पक्राउ परेका हुन् ।

पक्राउ परेकाहरूमाथि प्रमुख जैसीलाई विभिन्न आरोप लगाउँदै कार्यकक्षमै जुत्ताको माला र मोसो दलेको आरोप लागेको छ ।

प्रतिक्रिया लेख्नुहोस्