२०८३ बैशाख १८, शुक्रबार

धनुषामा ट्रकमा मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ सिन्धुलीटोलमा गएराती ३ जना सवार मोटरसाइकल रोकिराखेको ट्रकमा ठोक्किँदा तीन जनाकै मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका तीन जना पुरुषको उपचारका क्रममा जनकपुर स्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक तीन जनाकै सनाखत हुन बाँकी रहेको छ ।

सडक छेउमा रोकिराखेको ना २ ख ८६२४ नम्बरको ट्रकमा गएराती साढे २ बजे लु ८३ प ८६५१ नम्बरको मोटरसाइकल ठोकिएको थियो । ट्रक चालक फरार भएकोले खोजी भइरहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्