२०८३ बैशाख १५, मङ्लबार

पूर्व सुरक्षाकर्मी परिषद नेपालको शहिद लखन गाउँपरिषद गठन

पूर्व सुरक्षाकर्मी परिषद नेपालको शहिद लखन गाउँपरिषद गठन कार्यक्रम सम्पन्न भएको छ । बुधबार गोरखाको शहिद लखन गाउँपालिका-८ स्थित खाब्दि भन्ज्याँङ सामुदायिक भवनमा पूर्व सुरक्षाकर्मी परिषद नेपालको पालिका स्तरिय गाउँपरिषद गठनको काम एक कार्यक्रमका माझ सम्पन्न भएको हो ।

उक्त कार्यक्रमको अध्यक्षता पूर्व सुरक्षाकर्मी परिषदका केन्द्रिय सदस्य उत्तर कुमार श्रेष्टले गरेका थिए । कार्यक्रममा पूर्व सुरक्षाकर्मि परिषदका केन्द्रिय अध्यक्ष के बि राउत, उपाध्यक्ष जित बहादुर भट्ट, केन्द्रिय सचिव आनन्द सिखडा लगाँयतका अन्य ब्यक्तिको उपस्पिथति रहेको थियो ।

पूर्व सुरक्षाकर्मी परिषद नेपालको शहिद लखन गाउँपरिषद कमिटीको अध्यक्षमा जगत बहादुर राना मगर सर्बसहमत चयन भएका छन् ।

उपाध्यक्षमा बाबु काजि श्रेष्ट, सानु बाबु खनाल र बुद्धि बहादुर तामाङ चयन भएका छन् ।
सचिवमा एक बहादुर थापा मगर र कोषाध्यक्षमा सलिना थापा मगर लगायत १९ सदस्यिय कमिटि गठन भएको उत्तर कुमार श्रेष्ठले बताएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्