२०८३ असार २१, आइतवार

ओलीको गठबन्धनका नेताले सत्ता साझेदारीबारे विदेशी भूमिमा छलफल गरेको दाबी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावपछिको सत्ता साझेदारीबारे विदेशी भूमिमा छलफल भएको दाबी गरेका छन् ।

शुक्रबार पार्टी कार्यालय, च्यासलमा बसेको केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै ओलीले हालै मात्र गठबन्धनका एक नेताले विदेशी भूमि र विदेशी प्रतिनिधिको रोहबरमा सत्ता साझेदारीबारे छलफल गरेको दाबी गरेका हुन् ।

उनले भनेका छन्, ‘नेपालको राष्ट्रिय स्वाभिमानलाई तेजोबध गर्ने र बाह्य शक्तिहरुलाई आन्तरिक मामिलामा हस्तक्षेप गर्न सहज तुल्याउने यस्ता गतिविधि गम्भीर छन् ।’

 

 

प्रतिक्रिया लेख्नुहोस्