जापानको फुकुओकास्थित नाकागावा नदीमा २५ वर्षीया नेपाली युवती लक्ष्मी राजवंशी मृत फेला परेकी छन्। अगस्ट १९ मा नदीमा उनको शव भेटिएपछि प्रहरीले हत्याको आशंकामा अनुसन्धान थालेको छ।
अगस्ट १८ राति रेस्टुरेन्टबाट डेरातर्फ जाँदै गर्दा उनलाई अन्तिम पटक देखिएको थियो। भोलिपल्ट बिहान नदीमा शव फेला परेको प्रहरीले जनाएको छ।
उनको टाउको र निधारमा गम्भीर चोट तथा कोठामा रगतका दाग भेटिए पनि मृत्युको स्पष्ट कारण खुल्न सकेको छैन।





प्रतिक्रिया लेख्नुहोस्