काठमाडौं—१० (१) बाट वाग्मती प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका पुकार महर्जन निर्वाचित भएका छन् ।
उनले राष्ट्रिय प्रजातन्त्र पार्टीका उमेशराज सापकोटालाई २ हजार ६८२ मतले पराजित गरेका हुन् ।निर्वाचन आयोगका अनुसार महर्जनले १० हजार ८२ मत ल्याएका छन् भने सापकोटाले ७ हजार ४०० मत ल्याएका छन् ।
यहाँ नेकपा एमालेका शिव भक्ति बलामीले ७ हजार ३०९, नेकपा माओवादी केन्द्रका (एकल चुनाव चिन्ह)ले ३ हजार ६०० र नेपाल मजदुर किसान पार्टीका हरि कुमार महर्जनले २ हजार १७८ मत ल्याएका छन् ।०७४ मा पनि यो क्षेत्रबाट महर्जन नै निर्वाचित थिए ।







प्रतिक्रिया लेख्नुहोस्