२०८३ बैशाख २४, बिहिबार

आरजुसँगै उम्मेदवारमा सिफारिस भएका वड भन्छन्- पार्टीले मलाई टिकट दिएमा चुनाव पक्का जित्नछु

नेपाली कांग्रेसले कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यका लागि पूर्वमन्त्री डा. आरजु राणा देउवासहित चार जनाको नाम सिफारिस गरेको छ । सिफारिस भएका चार जनामा धनगढी उपमहानगरपालिकाका पूर्वमेयर नृपबहादुर वड पनि छन् । वड कैलालीमा कांग्रेसबाट प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस हुने एक्ला दलित समुदायका व्यक्ति हुन् ।

क्षेत्रीय कार्यसमितिले डा. राणाको नाम पहिलो नम्बरमा सिफारिस गरेसँगै उनको उम्मेदवारी लगभग निश्चित मानिएको धेरैको भनाइ छ। यद्यपि, उनको नाम सर्वसम्मत रूपमा सिफारिस भएको छैन, जसले पार्टीभित्रका अन्य आकाङ्क्षीको सम्भावनालाई पनि कायम राखेको छ ।

यसैबिच, धनगढीका पूर्वमेयर वडले आफ्नो दाबीलाई सशक्त रूपमा प्रस्तुत गरेका छन् । कैलालीका पाँच निर्वाचन क्षेत्रमध्ये दलित समुदायबाट प्रत्यक्षतर्फ सिफारिसमा पर्ने एक्लो भएकाले पनि उनी टिकट पाउनेमा आशावादी छन् । ‘पार्टीले मलाई टिकट दिएमा चुनाव जित्न सक्छु भन्ने विश्वास छ,’ । ‘चुनाव हारे पनि, जिते पनि हामीले गर्ने भनेको समाजसेवा नै हो । म निरन्तर जनताको माझमा छु,’ उनले भने ।

टिकट पाउने कुरा नेतृत्वको निर्णयमा भर पर्ने भए पनि आफूले टिकट पाए न्याय हुने उनको भनाइ छ। ‘नेतृत्वको निर्णयअनुसार नै अगाडि बढिन्छ,’ उनले भने ।

 

प्रतिक्रिया लेख्नुहोस्