२०८३ असार ३, बुधबार

वैशाखमा चुनाव गर्नुपरे पनि स्वाभाविक रूपमा लिनुपर्छ : विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले वैशाखमा चुनाव गर्नुपरे पनि स्वाभाविक रूपमा लिनुपर्ने बताएका छन्।फागुन २१ को चुनावी मितिप्रति आफूहरू प्रतिबद्ध भए पनि जेनजी समूहलाई अपनत्वमा गाँस्न, विश्वसनीय चुनावी वातावरण बनाउन स्वीकार गर्नुपर्ने उनले बताएका हुन्।

सहमति र सहकार्य मार्फत आगामी यात्रालाई सहज बनाउनु सबैको साझा दायित्व रहेको समेत उनी बताउछन् ।

महामन्त्रि शर्माले शुक्रबार बिहान फेसबुकमा लेखेका छन्, ‘राजनैतिक दलहरू लोकतन्त्रको मुख्य र अविछिन्न सारथि हुन् भन्ने तथ्य हेक्का राखेर सरकारले सहमतिको हस्ताक्षर गरिरहँदा दलहरूलाई स्वामित्व र अपनत्वमा गाँस्न सक्नुपर्दथ्यो। त्यसो गरेर भोलिका लागि भरपर्दो बनाउन सरकार नचुक्नु पर्थ्यो’ अब दस्तावेजको प्रारम्भिक कार्यान्वयनका क्रममा सरकारले यसमा गम्भीरता राख्न जरुरी छ ।

उनले सरकार र जेनजी प्रतिनिधिहरूबीच बुधबार हस्ताक्षर भएको १० बुँदे सम्झौताको स्वागत गरेका छन्। सँगसँगै, उक्त सम्झौतामा राजनीतिक दलहरूलाई सहभागी गराउनुपर्नेमा उनको भनाई छ ।

विभिन्न आन्दोलनको जगमा प्राप्त उपलब्धि संस्थागत गर्दै अघि बढ्ने सहमति महत्त्वपूर्ण छ। मूलत जेनजी प्रदर्शनले स्थापित गरेको ‘सुशासनको संकल्प र अठोट’ आगामी दिनका लागि सबैको साझा जिम्मेवारी र साझा कर्तव्य बन्नुपर्छ।

उनी लेख्छन्, ‘भदौ २३ को बल प्रयोग उपरको कार्वाही सँगसँगै २४ गतेको ध्वंसको गहिरो छानबिन र कार्वाहीको बिषयमा बिना मोलाहिजा राज्य प्रस्तुत हुनुपर्छ’ ।

त्यस्तै दस्तावेज कार्यान्वयनमा अत्यावश्यक समय लगाइरहँदा फागुन २१ को मिति बाधक बन्ने उनको भनाइ छ ।

प्रतिक्रिया लेख्नुहोस्